मन्त्री बनेको तेस्रो दिनमै गजेन्द्र हमालले दिए राजीनामा

सहयात्रा टिभी

काठमाडौं । असोज २४, दुई दिन अघिमात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

आज विहान बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री देउवा समक्ष राजीनामा बुझाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र आलोचना भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए ।

गत शक्रबार मन्त्री नियुक्त भएका हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनको गुनासो छ ।

मन्त्रीमा नियुक्त भएपछि आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा दिएको उनले बताए ।

प्रकाशित : 10 October, 2021

प्रतिक्रिया दिनुहोस्