प्रतिनिधिसभाको बैठक आज बस्दै
सहयात्रा टिभी
काठमाडौँ । कात्तिक ११, प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ ।
संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।
गठबन्धनको सरकार गठन भए यता संसद्ले बिजनेस पाउन सकेको छैन। कतिपय कानुन निर्माणा गर्नुपर्ने भए पनि सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवादका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ।
यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधिसभा बैठक आजका लागि सारिएको थियो ।