जनगणनाले देशको आर्थीक विकास लाई सहयोग पुग्छःदेउवा
सहयात्रा टिभी
काठमाडौं । कार्तिक २५ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनगणनाबाट प्राप्त हुने तथ्यांकले देशको आर्थीक विकास लाई सहयोग गर्ने बताएका छन्।
त्यस्तै गरी जनगणनाका क्रममा उपलब्ध गराइने विवरण गोप्य राखिने प्रधानमन्त्रीले जनाएका छन्। प्रधानमन्त्री देउवाले जनगणनाबाट प्राप्त हुने तथ्यांक केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयुक्त हुने बताएका छन्।
उनले विगतको अवस्था, हालको अवस्थामा र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा जानकारी पाइने भएकाले जनगणना अपरिहार्य भएको बताएका छन्।