केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रौतहटमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, १४ रौतहटको चन्द्रपुर नगरपालिका–८, बैजनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

गौर–चपुर सडकखण्डमा ना५३प ६११२ नम्बर र ना४३प ६२४३ नम्बरका मोटरसाइकल गए राति करिब पौने १ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ६११२ नम्बरको मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–९ का २४ वर्षीय रामाशंकर साहको उपचारका क्रममा चपुर अस्पतालमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित : 23 November, 2021

प्रतिक्रिया दिनुहोस्