सांसदहरुको आज कोरोना परीक्षण गरिँदै, भोलिदेखि संसद अधिवेशन

सहयात्रा टिभी

काठमाडौँ । २७ मंसिर, संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ ।

फाइल तस्वीर

यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् ।

संसद अधिवेशन शुरु हुन एक दिन अघि आज सांसदहरुको कोरोना परीक्षण गरिँदै छ ।

संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसदका सांसददेखि सुरक्षाकर्मीहरूसम्मको आज अपराह्न ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।

 

प्रकाशित : 13 December, 2021

प्रतिक्रिया दिनुहोस्