कांग्रेस सभापतिमा देउवाको बहुमत पुगेन, देउवा र कोइराबीच चुनाव हुने
सहयात्रा टिभी
काठमाडौँ । २८ मंसिर, नेपाली कांग्रेसमा सभापति चयनका लागि भएको चुनावमा उम्मेदवारले बहुमत पुर्याउन नसक्दा पुनः मतदान हुने भएको छ ।
भर्खरै सार्वजनिक मतपरिणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो उम्मेदवार अर्थात शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो ।
देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्याउन नसक्दा फेरि निर्वाचन हुन लागेको हो । कुल ४ हजार ६७९ मतमा देउवाले २ हजार २५८ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
कोइरालाले १ हजार ७२९ मत पाएका छन् ।
यसैगरी, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।