एमालेको महोत्तरी अधिवेशन सारियो
सहयात्रा टिभी
काठमाडौं । पुस १९, नेकपा एमाले महोत्तरीको जिल्ला अधिवेशन फेरि सारिएको छ ।
२३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महोत्तरीमा भने तयारी नपुग्ने भन्दै माघका लागि सारिएको हो ।
६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले जिल्ला अधिवेशन सारिएको केन्द्रीय सदस्य टेकबहादुर बलाम्पाकी मगरले जानकारी दिए ।
क्षेत्र नम्बर १ र ३ मा सम्पन्न भए पनि २ र ४ मा विवाद कायमै रहेको एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए ।