एक घण्टामा सकियो एमाले संसदीय दलको बैठक
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २, नेकपा एमाले संसदीय दलको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठक करिब एक घण्टामै सकिएको हो ।
बैठक सकिए पनि के निर्णय भयो भन्ने नेताहरूले बोलिसकेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले आकस्मिक रूपमा दलको बैठक बोलाएको हो ।