सत्तामा बसेर नेपाल बन्द गर्दै जनमोर्चा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, प्रतिनिधि सभाबाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी कम्प्याक्ट अनुमोदन भएको विरोधमा सोमबार आह्वान गरिएको बन्द जनताले अवज्ञा गरेका हुन्।

सत्ता साझेदार चित्रबहादुर केसीको जनमोर्चा, मोहनविक्रम सिंहको नेकपा मसाल, नेत्रविक्रम चन्दको नेकपा, सिपी गजुरेलको देशभक्त गणतान्त्रिक मोर्चा, मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलालको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र ऋषि कट्टेलको नेकपा लगायतले नेपाल बन्द आह्वान गरेका हुन्। उनीहरू गरेको बन्दको प्रभाव भने शून्य प्रायः छ।

पाँच दलीय गठबन्धनमा रहेर सत्ता साझेदारी गरिरहेको जनमोर्चाले एमसीसी अनुमोदन गर्ने गठबन्धनको निर्णयमा समर्थन नभएको दाबी गरेको छ। तर, उसले गठबन्धन भने छोडेको छैन।

रोचक के छ भने ५ साउन २०७३ मा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी उपप्रधानमन्त्री भएको सरकारले नै एमसीसी कम्प्याक्टको मस्यौदा गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक सहायता स्वीकार गर्ने सम्झौता गरेको थियो।

प्रकाशित : 28 February, 2022

प्रतिक्रिया दिनुहोस्