विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु
सहयात्रा टिभी
काठमाडौं । चैत ४, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक ढिलो गरी सुरु भएको छ।
स्थानीय तह निर्वाचनमा पार्टीको भूमिका बारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो ।
केन्द्रीय सदस्य खुमा सुवेदीले केन्द्रीय सदस्यहरु आउन ढिला भएकाले बैठक दुई बजेसम्मलाई सारिएको जानकारी दिइन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासो पूर्वक हेरिएको छ।
पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ।