स्थानीय निर्वाचनमा जनमत पार्टीले एक्लै चुनाव लड्ने
सहयात्रा टिभी
काठमाडौं । चैत ६, आगामी ३० वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा डा.सिके राउत नेतृत्वको जनमत पार्टीले एक्लै चुनाव लड्ने भएको छ ।
नेकपा एमालेसँग जनमत पार्टीले चुनावी तालमेल गर्ने चर्चा चलिरहेको समयमा जनमतको यस्तो निर्णय आएको हो ।
आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने जनमत पार्टीले निर्णय गरेको पार्टीका नेता विपी साहले जानकारी दिए ।
उनले जुम प्रविधिबाट सम्पन्न जनमतको केन्द्रीय समितिको बैठकले केन्द्रीय स्तरमै कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको बताए ।
निर्वाचनमा स्थानीयस्तरमा भने चुनावी तालमेल वा गठबन्धन हुन सक्ने नेता साहले जानकारी दिए ।