नेतालाई चुनावको चिन्ता, मतदातालाई गुजाराकै पीर

सहयात्रा टिभी

काठमाडौं। चैत २१, विराटनगर महानगरपालिका सहित मोरङका १७ वटै स्थानीय तहमा हुनसक्ने चुनावी तालमेल र सम्भावित परिणामबारे राजनीतिक वृत्तमा बढेको सरगर्मीले श्रीराम यादव ९५५० लाई छोएको छैन ।

विराटनगर–१४ जतुवाका श्रीराम खेतीपाती भन्दा पर सोच्न पनि चाहँदैनन् । ‘पार्टी राजनीतिक कार्यक्रम० मा पेट बाँधेर जानु रु नजाने भएपछि किन चासो राख्नू १’ उनको छोटो जवाफ छ, ‘जसलाई फाइदा हुन्छ, त्यो जान्छ ।’

विराटनगर चोकबाट १५ किलोमिटर दक्षिण कटुप्पा चोक नजिकै घर भएका श्रीरामलाई राजनीतिक चासो कहिल्यै नभएको चाहिं होइन ।

उनी आफैं २०६३ सालको मधेश आन्दोलनका घाइते हुन् । ‘घर–घरको मान्छे थियौं । दाजुलाई गोली लागेपछि उठाउन जाँदा मलाई पनि लाग्यो’, श्रीरामले १५ वर्षअघिको मधेश आन्दोलन सम्झिए ।

श्रीरामको खुट्टामा गोली लागेकाले उपचार भयो । तर प्रहरीको गोली लागेका उनका दाजु सदानन्द यादवको ज्यान जोगिएन ।

अहिले कटप्पा चोकमा मधेश आन्दोलनमा ज्यान गुमाएका राजकुमार कामतसँगै सदानन्दको सालिक उभिएको छ ।

प्रकाशित : 4 April, 2022

प्रतिक्रिया दिनुहोस्