घोषणापत्र लाई अन्तिम रुप दिन एमाले मस्यौदा कमिटीको बैठक
सहयात्रा टिभी
काठमाडौं। वैशाख १, नेकपा एमालेको स्थानीय निर्वाचन प्रतिबद्धता मस्यौदा कमिटीको बैठक बसिरहेको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिन बैठक बसिरहेको हो। नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मस्यौदा कमिटीको बैठकले अन्तिम रुप दिने बताए।
विभिन्न क्षेत्रबाट आएका सुझाव समेतलाई समेटेर अन्तिम रुप दिने काम भइरहेको छ,’उनले भने,‘सबै काम सकिएपछि सम्पादन गरेर प्रकाशन गरिनेछ।’
उनका अनुसार मस्यौदा कमिटीले तयार पारेको प्रतिबद्धता केन्द्रीय सचिवालयलाई बुझाइने छ। सचिवालयले पारित गरेपछि सार्वजनिक गर्ने तयारी छ। रिजालका अनुसार वैशाख ९ गते नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेको छ।