९ वैशाखसम्म एमाले नयाँ कार्यालयमा सरिसक्ने

काठमाडौं। वैशाख २, नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ ।
एमालेले वर्षेनि ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउँछ । यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । उनका अनुसार, अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।