केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माधव नेपालको गृह प्रदेशमा केपी ओलीको विशेष अभियान

सहयात्रा टिभी

काठमाडौं। वैशाख ४, स्थानीय चुनाव २०७४ मा रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये एउटाको पनि नेतृत्व नेकपा एमालेले जितेन ।

मध्यपहाडी राजमार्गले छोएको र पहाडी समुदायको समेत बसोबास रहेको चन्द्रनिगाहपुर नगरपालिकामा उपमेयर जित्नु नै एमालेको सफलता थियो ।

तर अहिले एमालेसँग चार स्थानीय तहका प्रमुख र पाँच उपप्रमुख छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा चुनावबाट पराजित भए पनि पार्टी प्रवेश गराएर एमालेले सम्मानजनक संख्यामा जनप्रतिनिधि आफ्नो पक्षमा उभ्याएको हो ।

‘अहिले हामीले अभूतपूर्व ढंगले मधेशमा ध्यान केन्द्रित गरेका छौं’ प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘२०७४ को स्थानीय चुनावमा पाँचौं शक्तिका रूपमा रहेको एमालेप्रति मधेशमा बढेको विश्वासले उत्साहित बनाएको छ ।’

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०बाट प्रवेश गरेका सहित ३१ वडा अध्यक्षसमेत यतिखेर एमालेको झण्डा बोकेर चुनावी तयारीमा जुटेका छन् । पार्टी प्रवेशको त्यही संख्या देखाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘मधेश प्रदेशमा एमालेको लहर चलेको’ दाबी गर्ने गरेका छन् ।

विशेष गरी २९ असार २०७८ मा सत्ताबाट बाहिरिएपछि एमालेले मधेश प्रदेशलाई प्राथमिकतामा राखेको छ । पार्टीका नेता माधवकुमार नेपाल एमालेबाट अलग भएपछि मधेशमा पुगेको क्षति कम गर्न पनि यो प्रदेशमा एमालेको विशेष ध्यान गएको बुझ्न सकिन्छ ।

किनकि मधेश प्रदेशका २१ मध्ये १४ प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा लागेका छन् । २ भदौ २०७८ मा पार्टी गठन भएलगत्तै एकीकृत समाजवादीले मधेश प्रदेशका केही ठाउँमा ठूला सभा समेत गरेको थियो । त्यसको सन्देश राष्ट्रव्यापी हुने नै भयो ।

प्रकाशित : 17 April, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्