केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली प्राविधिक टिमःभोजपुरी फिल्म ‘रण’ मा

सहयात्रा टिभी

काठमाडौं। वैशाख ७, भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

भोजपुरी फिल्ममा धेरै नेपाली कलाकार देखि प्राविधिक सम्मले काम गरिसकेका छन् ।

निर्देशक चन्द्र पन्त  भोजपुरी फिल्ममा द्वन्द्व निर्देशक रुपमा भित्रिएका चन्द्रले ‘निरहुवा चलल लन्डन’ मार्फत निर्देशनमा डेब्यु गरे ।

त्यसपछि उनको व्यस्तता भोजपुरी फिल्ममा बढेको छ । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘रण’ को ट्रेलर यतिबेला लोकप्रिय बनिरहेको छ ।

फिल्ममा आनन्द ओझा, नरेन खड्का, काजल रागवानी, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुण कुमार मिश्र लगायतको अभिनय छ । फिल्मलाई नेपालका अर्जुन जिसीले सम्पादन गरेका हुन् भने साहिल खानले ट्रेलर काटेका हुन् ।

अरुण कुमार मिश्रले निर्माण गरेको फिल्मको गीतहरुमा भोजपुरीबाट कानु मुखर्जी र नेपालबाट गम्भीर विष्ट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

प्रकाशित : 20 April, 2022

प्रतिक्रिया दिनुहोस्