निर्वाचनमा सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिन आयोगको आग्रह
सहयात्रा टिभी
काठमाडौं। वैशाख २०, निर्वाचन आयोगले यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा पनि निश्चित मापदण्ड तोकेको छ।
सामाजिक सञ्जालबाट निर्वाचनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नियमित अनुगमन गर्नुका साथै सबैलाई आयोगले सचेत गराउँदै आइरहेको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको र त्यसले निर्वाचनमा कुनै असर नपुर्योस भनेर आयोग सचेत रहेको छ।