गाउँमा बढ्यो चुनावी रौनक
सहयात्रा टिभी
काठमाडौं। वैशाख २१, स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गाउँ गाउँमा चुनावी रौनक बढेको छ।
अब मतदान गर्ने दिन अर्थात् वैशाख ३० आउन ९ दिन मात्र बाँकी रहेको छ। अहिले उम्मेदवारहरू घरघर गएर मतदातालाई आफ्ना पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् भने मतदाताहरू उम्मेदवारबाट प्रतिबद्धता खोजिरहेका छन्।
केही दिनअघिसम्म निर्वाचन प्रति खासै रुचि नदेखाएका स्थानीय अहिले दिनैपिच्छे आफूले समर्थन गर्ने उम्मेदवारसँगै प्रचारप्रसारमा जुटेका छन्।
गाउँघरका चोकसहित घर(घरमा पार्टीका झण्डा र चुनाव चिन्ह लगाएर स्थानीय मतदाता निर्वाचनको माहोल बनाउन लागिपरेका छन्। स्थानीय तह निर्वाचन भएका कारण पनि उम्मेदवारको संख्या दलगत र स्वतन्त्र गरी ठूलो संख्यामा छ।