बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता
सहयात्रा टिभी
काठमाडौं। ज्येष्ठ १, १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ ।
नेपाली काँग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।
एमालेले अग्रता लिएका पालिकामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिका छन् ।
काँग्रेसले पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ ।
डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन् ।