त्रियुगाको मेयरमा कांग्रेसका बस्नेतको अग्रता कायम

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।

कांग्रेसका उम्मेदवार बसन्तकुमार बस्नेतले २३ हजार ९७५ मत गणना हुँदा उनको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर छ ।

बस्नेत ८ हजार २०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६ हजार ३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६ हजार ३०२ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७ हजार ४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७ हजार ५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का (कार्की)को ४ हजार ८२५ मत छ ।

प्रकाशित : 28 May, 2022

प्रतिक्रिया दिनुहोस्