बालेन शाह र सुनिता डंगोल बिहानै पुगे सिसडोल
सहयात्रा टिभी
काठमाडौँ । जेठ २०, काठमाडौं महानगरपालिकामा केही दिनदेखि फोहोर नउठेपछि समस्या परेको छ ।
काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोलका स्थानीयबासीले आफूहरुसँग सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयनको माग गर्दै फोहोर फाल्न अवरोध गर्दै आएका छन् ।
उनीहरुले सरकारले गरेको सम्झौता कार्यान्वयन नगरे आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन् । सोही समस्या समाधानको प्रयासका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल फोहोर डम्पिङ साइट सिसडोल पुगेका छन् ।
उनीहरुले त्यहाँका स्थानीयसँग समस्या समाधानका लागि छलफल गर्नेछन् ।