लोसपा सत्तामा जाने तयारी
काठमाडौँ । जेठ २५, लोसपा अध्यक्ष महन्थ ठाकुरले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरे।
ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुन सहमति जनाए। आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूले गठबन्धन या तालमेल गर्नुपर्ने ठाकुरको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बने।
त्यसपछि, लोसपा कार्यकारिणी समितिको बैठकमा अध्यक्ष ठाकुरले सरकारमा जानुपर्ने र संसद्बाहिर भएकालाई मन्त्री बनाउनुपर्ने प्रस्ताव नै गरे। संसद् बाहिरका व्यक्ति पठाउने ठाकुरको प्रस्तावप्रति लोसपाका सांसदहरू भने
असन्तुष्ट बने। यसले पार्टीमा निर्णय हुन सकेन। तर, सरकारमा सहभागिता जनाउनेबारे लोसपा अध्यक्ष ठाकुर सकारात्मक रहेको बालुवाटार स्रोतले बतायो।
रक्षा मन्त्रालय खाली छ। २३ सदस्यीय मात्रै भएकाले २ मन्त्री थप्न प्रधानमन्त्रीलाई सुविधा छ।लोसपा सरकारमा जाने निश्चित जस्तै भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव झस्किएका छन्। उनले सहकार्यका लागि जसपासँग आग्रह नै गरेका छन्।
यता, लोसपाले ‘सरकारमा जाने वातावरण बनाउन’ प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।