विप्लवको पार्टीद्वारा एमसिसी कार्यालय घेर्ने

काठमाडौँ । जेठ २९, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्दैछ।
एमसिसी सम्झौता नेपालको हितमा नरहेको भन्दै पार्टीले दरबारमार्गस्थित एमसिसी कार्यालय घेराउ गर्ने जनाएको हो।
विप्लवको पार्टीले एमसिसी देशको हितविरुद्ध रहेको बताउँदै आएको छ। यसभन्दा अगाडि पनि एमसिसी कार्यालय घेराउ गरिएको थियो।