ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु

काठमाडौँ । असार ४, रौतहटमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ।
ग्यास विष्फोटमा परी रौतहटको गढीमाई नगरपालिका-१ समनपुर बस्ने बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ।
उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।