जसपाका दुई सांसद निस्कासित
काठमाडौँ । असार २०, जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निस्कासन गरेको छ ।
जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निस्कासन गरेको हो ।
गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले गरेको क्रियाकलाप माथी कार्यसम्पादन समितिको निर्णयवाट पार्टीको अन्तरिम बिद्यान २०७७ को परिच्छेद ३ सदस्यता सवन्धि व्यवस्था धारा १० को बुदाँ २ र परिच्छेद ८ को अनुशाषनको कार्यवाहीको धारा ४९ को बुदाँ १, २, ३, र ६ आकृष्ट भएको हुदाँ आजैको मितिवाट साधारण सदस्यतावाट समेत निष्काषन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।