जसपाद्वारा मन्त्री हेरफेर, नयाँ तीन मन्त्रीको नाम सिफारिस

सहयात्रा टिभी

काठमाडौँ । असार २०, जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ३ मन्त्रीलाई फिर्ता सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ ।

जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ । जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका हुन् ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत: आजै नयाँ मन्त्रीहरुको सपथ हुनेछ ।

बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर यादवले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्