माओवादी केन्द्रले बनायो स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्न समिति

सहयात्रा टिभी

काठमाडौँ । असार २५, नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानबिन गर्ने भएको छ । यसका लागि माओवादी केन्द्रले अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी छानबिन समिति बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी सिमिति बैठकले गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको ठहर गर्दै छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठाएका थिए ।

यसैलाई सम्बोधन गर्न स्थायी समिति बैठकले छानबिन समित गठन गरेको प्रवक्ता महराको भनाइ छ।

गत निर्वाचनमा मुख्य गरी मधेस प्रदेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको थियो । मधेस प्रदेशमा बलियो देखिएको माओवादी यसपटकको निर्वाचनमा भने कमजोर बनेको छ ।

प्रकाशित : 9 July, 2022

प्रतिक्रिया दिनुहोस्