असमान तलब वृद्धिको विरोधमा सिंहदरबारभित्रका कर्मचारी आन्दोलित

सहयात्रा टिभी

काठमाडौं । साउन २३, सरकारले उच्च तह र तल्लो तहका कर्मचारीको तलब वृद्धि असमान ढंगले गरेको विरोधमा सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् ।

निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आन्दोलन स्वरुप आज ‘पेन डाउन’ गरिएको छ ।

अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले जानकारी दिए ।

सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा वृहत् आन्दोलनको तयारीका लागि भेला भएको उनले बताए । आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको उनले बताए । नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्ने र त्यही अनुसारको आन्दोलनको कार्यक्रम तय हुने उनको भनाइ छ ।

प्रकाशित : 8 August, 2022

प्रतिक्रिया दिनुहोस्