नागरिकता विधेयक खारेजको निर्णय स्वागत योग्य: राष्ट्रिय जनमोर्चा
काठमाडौँ । भदौ २, राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने निर्णय स्वागत योग्य रहेको राष्ट्रिय जनमोर्चा पाटिले जनाएको छ ।
बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने उनको कदमको स्वागत गरिन् ।
सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा पनि राखिन् ।
वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने पनि उनले बताइन् । नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।
वैवाहिक अंगीकृत नागरिकतामा छिमेकी देशले जे व्यवहार गरेको छ, हामी पनि त्यही व्यवहार गरौं भन्दै उनले ७ वर्षको उमेर हद तोक्नै पर्ने बताइन् ।