संविधानभन्दा माथि पाँच दल सर्वोपरि हुनेभए राजतन्त्र किन समाप्त गरेको : रावल
काठमाडौँ । भदौ २, नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा अस्वीकार गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर पाँच दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताउनुभयो । सांसद रावलले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाका लागि पाँचदेखि सात वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधानभन्दा माथि हुन्छ ? यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ? पाँच दल नै सर्वोपरि हुनेभए त्यस्तै संयन्त्र प्रणाली बनाउने गरे हुँदैन ? उहाले प्रतिनिधि सभामा प्रश्न गदै झोक्कीनु भयो ।
नेपालमा विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य हुँदैन ।’ उहाँले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधानविरोधी काम गरिरहेको आरोप लगाउनुभयो ।