प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरू

सहयात्रा टिभी

काठमाडौं । भदाै १९, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ ।

बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए ।

त्यससँगै निलम्बनमा रहेका जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव निरर्थक भएको बताएका छन् ।

प्रकाशित : 4 September, 2022

प्रतिक्रिया दिनुहोस्