जबराको बयान  सक्कीए संगै महाअभियोग सिफारिस समितिमा आन्तरिक छलफल

सहयात्रा टिभी

काठमाडौ । भदौ २८,  महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ ।  बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको छ ।

निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो । जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ ।

दिउँसो १ बजेसम्म समितिले आन्तरिक छलफल गर्ने छ । त्यसपछि मात्रै जबराको बयान हुने समितिका एक सदस्यले जानकारी दिए ।जबरालाई समितिमा दिउँसो १ बजे बोलाइएको छ ।

 

प्रकाशित : 13 September, 2022

प्रतिक्रिया दिनुहोस्