प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारियो
सहयात्रा टिभी
काठमाडौँ । भदाै २९, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताएका छन् ।
आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको बताएको छ । त्यस्तै कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।