माओवादी केन्द्र द्वारा टीआरसी विधेयकसम्बन्धी पुनरावेदनको व्यवस्था राख्न सहमत

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, द्वन्द्वकालीन घटनामा विशेष अदालतले गर्ने फैसलाविरुद्ध पुनरावेदनमा जान सक्ने व्यवस्था राख्न माओवादी केन्द्र सहमत भएको छ ।

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथि छलफल गरिरहेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयकलाई सहमतिबाटै पास गर्नुपर्नेमा जोड दिए ।

सरकारले ल्याएको विधेयकमा मानवअधिकार उल्लंघन र मानवअधिकारको गम्भीर उल्लंघन भनेर छुट्याइएको छ । यसमा पीडित पक्षले विरोध गरेपछि के गर्ने भन्ने बहस छ । समितिको छलफलमा माओवादी नेता वर्षमान पुनले आर्बिटरी किलिङ अर्थात स्वेच्छाचारी हत्या राख्न सकिने बताए ।

प्रकाशित : 14 September, 2022

प्रतिक्रिया दिनुहोस्