भोलि बिहानका लागि सारियो प्रतिनिधिसभा बैठक

सहयात्रा टिभी

काठमाडौं । भदाै ३०, बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजे बस्नेगरि बिहीबारको बैठक सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताएका छन् । बैठक विशेष कारणवश सारिएको बताइएको छ ।

बिहीबारको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची थियो ।

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्