समानुपातिक सूची तयार पार्न कांग्रेस संसदीय समितिको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असोज २, समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ ।

सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।

प्रकाशित : 18 September, 2022

प्रतिक्रिया दिनुहोस्