शेखर समूहको निर्णय, समानुपातिक सूची नसच्याए पार्टी कार्यालयमा धर्ना र विरोधका कार्यक्रम गर्ने
सहयात्रा टिभी
काठमाडौ । असोज १०, नेपाली कांग्रेसको डा। शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।
सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।