मंसिर ४ को निर्वाचनमा प्रत्यक्षमै उठ्न चाहन्छु : महत
सहयात्रा टिभी
काठमाडौं । असोज ११, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफू मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै बन्न इच्छुक रहेको जानकारी दिएका छन् ।
समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको पनि बताए ।
महतले कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘समानुपातिकको सुची बन्द अवस्थामा छ ।
त्यसको चर्चा गर्न अहिले आवश्यक छैन । म प्रत्यक्षमै लड्न चाहन्छु । त्यो कुरा मैले नेतृत्व तहमा सुस्पष्ट तरिकाले पटक पटक बताएको छु’ महतले भने ।