चुनावी तालमेलमा चितवन ३ का एमाले र राप्रपाको कुनै सहमति भएन
सहयात्रा टिभी
काठमाडौ । असोज २३, चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपा बीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको जनाएको छ ।
एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए । एमालेले ग्रिन सिग्नल नदिएपछि उम्मेदवारी दर्ता गर्न राप्रपा उपाध्यक्ष पाण्डे चितवन आएको जनाएका छन् ।
चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम एकल रुपमा सिफारिस भए पनि उनको टिकट टुंगो लागिसकेको छैन ।
चितवन–३ मा प्रदेशतर्फ ३(क) मा राप्रपा बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ र ३ (ख)मा राप्रपा सहमहामन्त्री तथा निवर्तमान प्रदेश सांसद रिना गुरुङले उम्मेदवारी दिने भएकी छन् ।