ओलीमाथि रावलको असन्तुष्टी, पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा 

सहयात्रा टिभी

काठमाडौं । असोज २७, नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गर्दै आफू असन्तुष्ट रहेको जानकारी दिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

उनले अध्यक्ष् ओली झण्डै दुई तिहाइको प्रधानमन्त्री भएका बेला आधा भण्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताएको टिप्पणी गरेका हुन् । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् ।

उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

 

प्रकाशित : 13 October, 2022

प्रतिक्रिया दिनुहोस्