ड्रोन’मार्फत ब्यानर उडाएर शुरु गरेको  विप्लवको महाधिवेशन समापन

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १, दलहरुलाई चुनावले छपक्कै छोपिरहेका बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भने महाधिवेशनमा होमियो ।

कपिलवस्तुको शिवगढी (विप्लवको गृह)मा २५ गते उदघाटन भएको महाधिवेशन सोमबार सकियो । नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा विप्लवले ‘ड्रोन’मार्फत ब्यानर उडाएर महाधिवेशनको उदघाटन गरेका थिए ।

तर, चुनावी माहोलका बीचमा भएको महाधिवेशन खासै चर्चामा आएन । आम सञ्चार माध्यममा पनि खासै ‘स्पेस’ पाएको देखिएन । लगभग छायामा परेको महाधिवेशन हलले विप्लवको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

टुटफुट र विभाजनको शृंखलामा जेलिदै आएको विप्लवको पार्टीले आगामी कार्यदिशा कस्तो तय गर्ला भन्ने सामान्य चासो भएको भए पनि त्यसमा समेत आकर्षित गर्न सकेको देखिएन ।

 

 

प्रकाशित : 18 October, 2022

प्रतिक्रिया दिनुहोस्