छोरा रेशमलालको विकल्पमा बुबा लालवीरको स्वतन्त्र उम्मेदवारी

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १, आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ को चुनावी माहोल तातिएको छ । सोही निर्वाचन क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि उम्मेदवारी दिएका थिए ।

तर, टीकापुर घटनासम्बन्धी मुद्दाका कारण हाल जेलमा रहेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । उनको उम्मेदवारी खारेज भएपनि सोही क्षेत्रमा रेशमका बुबा लालवीर चौधरीको स्वतन्त्र उम्मेदवारी भएकाले उनको पक्षमा कस्तो नतिजा आउला भन्ने चासो देखिन्छ ।

स्वतन्त्र उम्मेदवारी भएपनि रेशमकै विकल्पमा नागरिक उन्मुक्ति पार्टीले उनलाई अघि सारेको बताइन्छ । उसो त लालवीर पनि आफूलाई सो पार्टीको पूर्ण समर्थन रहेको बताउँछन् । यस्तै लालवीरबाहेक राम प्रसाद आचार्य पनि स्वतन्त्र उम्मेदवार छन् ।

 

प्रकाशित : 18 October, 2022

प्रतिक्रिया दिनुहोस्