ओलीले गरे त्रिपुरेश्वरको महादेव मन्दिरको दर्शन

काठमाडौँ । कात्तिक १६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा पुगेको उनको सचिवालयले जनाएको छ ।
यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी भएका थिए ।