कात्तिक १७ गतेबाट आमसभा गर्न पाउने ,मंसिर १९ भित्र आमसभाको खर्च बुझाउन  निर्वाचन आयोगको निर्देशन

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, निर्वाचन आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको छ।

 

कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। निर्वाचन आयोगले, कोणसभा, आमसभाको खर्च मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको छ।

‘कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउने छन्। उम्मेदवारले त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्नेछ,’ थपलियाले भने।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गतिविधि गर्न आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ।आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आयोगले आवश्यक प्रबन्ध मिलाएको थपलियाले बताए।

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्