झापा ३ः कांग्रेस सिटौलाको सुरुवाती अग्रता

झापा । मंसिर ५, झापा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । त्यहाँ अहिलेसम्म २ सय मत गनिएको छ । २ सय मत गन्दा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन् ।
उनले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजेन्द्र लिङदेनले ४२ मत मात्र पाएका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले ३६ मत प्राप्त गरेका छन् ।