काठमाडौं ६मा स्वतन्त्रका खनालले आफू ७ हजार मतान्तरले विजयी हुने दावी

काठमाडौ । मंसिर ५, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले आफू ७ हजार मतान्तरले विजयी हुने दावी गरेका छन् ।मतगणनास्थल धर्मस्थलीमा कुराकानी गर्दै खनालले निर्वाचनमा खसेको कुल मत र आफ्नो मतदाताको विश्वास हेर्दा जित निश्चित देखिएको दावी गरे ।
यो क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो । ५०० सय मत गणना हुँदा खनालले १७२ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान १०८ मतसहित तेस्रो स्थानमा छन् ।