ज्ञानबहादुर शाहीको क्षेत्र जुम्लामा मतगणना सुरु

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५, जुम्लामा मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतामका अनुसार प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ भने प्रदेशसभाको मत गणनाको तयारी भइरहेको छ ।

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर, नेकपा एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले प्रतिस्पर्धामा छन् ।

कुल मतदाता ६८ हजार ६ सय ३८ मतदाता रहेको जुम्लामा ४५ हजार ५९ मत अर्थात ६५ प्रतिशत मत खसेको थियो ।

 

 

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्