मोरङ १ र २ मा एमाले, ३ मा कांग्रेसको अग्रता

सहयात्रा टिभी

विराटनगर । मंसिर ५, मोरङका दुईवटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ।

निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका घनस्याम खतिवडाले सुरुवाति अग्रता लिएका छन्। ४ हजार ४०३ मतगणना हुँदा खतिवडाले १ हजार ७०१ मत ल्याएका छन्। उनलाई नेपाली कांग्रेसका डिगबहादुर लिम्वुले पछ्याईरहेका छन्। लिम्वुले १ हजार १७० मत ल्याएका छन्।

एमालेका खतिवडा निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्। प्रदेश सभाको (क) मा पनि एमालेका उमाकान्त गौतम अघि रहेका छन्।

क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ६१५ मतदाता मध्ये ७६ हजार ५४ मत खसेको थियो। सो क्षेत्रको मतगणना उर्लाबारी नगरपालिकामा भइरहेको छ।

क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन्। १ हजार मत गणना गर्दा एमालेका पोखरेलले ५ सय ८ मत प्राप्त गरेका छन्। पोखरेललाई नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले ४०७ मतका साथ पछ्याइरहेकी छन्। क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १२७ मत खसेको थियो। सो क्षेत्रको मतगणना रतुवामाईको विश्वनाथ मन्दिरमा भइरहेको छ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका डा. सुनिल शर्माले शुरुवाती अग्रता लिएका छन्। शर्माले ३ हजार ५६१ मतगणना हुँदा १ हजार ८९२ एमालेका भानुभक्त ढकालले ९७६ र राप्रपाकी रेखा थापाले ३८८ मत ल्याएकी छन्।

क्षेत्र नम्बर ३ मा १ लाख ४९ हजार ८३३ मतदाता मध्ये ९७ हजार ५०१ मत खसेको थियो। सो क्षेत्रको मतगणना बेलबारीको भगवती माविमा भइरहेको छ।

क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना जारी छ। ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, ५ मा स्वतन्त्रका योगेन्द्र मण्डल (जोगी) र क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाको अग्रता कायमै छ।

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्