नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ विजयी
सहयात्रा टिभी
नुवाकोट । मंसिर १०, नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन्। तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत पाएका छन्। खसेको ६३ हजार तीन सय ७९ मतको गणना सकिँदा माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन्।
