कांग्रेसका नारायण खड्का उदयपुर १ बाट निर्वाचित

काठमाडौँ । मंसिर १४, उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा डा. नारायण खड्का निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार खड्काले नेकपा एमालेकी मञ्जु चौधरीलाई २३७९ मतान्तरले पराजित गरेका हुन् ।
परराष्ट्रमन्त्री समेत रहेका खड्काले ३१ हजार २७० मत पाएका छन् । एमालेकी चौधरीले २८ हजार ८९१ मत पाइन् ।